तरकारीको भाउ घट्दा किसान चिन्तित
काठमाडाैं | माघ २९, २०७९
बोदेबसाईन: बजारमा पछिल्लो दुई साता यता तरकारीको भाउ ह्वात्तै घटेपछि किसान चिन्तामा परेका छन् । किसानबाट सस्तोमा तरकारी खरिद गरी महँगोमा बेच्ने बिचौलियाहरूलाई फाइदा भएको किसानको भनाइ छ ।
सप्तरीको मुख्य बजारहरूमा गोभी दुई साता अघिसम्म ३० देखि ५० रुपियाँसम्ममा प्रतिकेजी बिक्री हुँदैआएको थियो । अहिले किसानको बारीमा तरकारी उत्पादन बढेपछि विक्री गर्नेबेलामा मूल्य घटेको किसानहरूको गुनासो छ । बजारमा गोभी र यो सिजनको मुख्य काउली, आलु, भन्टा, मूला लगायतका तरकारीको रेट घटेर प्रतिकेजी १० देखि १५ रुपियाँ भएको छ । विष्णुपुर –७ कट्टीका किसान रामनाथ महतोले सुरुमा तरकारी मूल्य बढी भए पनि अहिले सस्तो भएपछि किसानलाई लागत मूल्य पनि नआउने उहाँले बताउनुभयो ।
समयमा खेती लगाउन चाहेमा मल, बिउँ पाइँदैन, स्थानीय सरकारले धेरैथोर अनुदानमा दिए पनि लामो प्रक्रिया पूरा गर्दा समे लाग्नेगरेको किसानको गुनासो छ । अनुदानको मल, बिउँ लिन धेरै किसानलाई त्यसबारे जानकारी नहुने उहाँले बताउनुभयो ।
सप्तरीका प्रमुख बजारहरूमा उपभोग हुने ठूलो परिमाणको तरकारी कार्तिकदेखि पुससम्म बाहिरबाट आयात भइरहँदा तरकारीको बजारभाउ पनि गाडी भाडा खर्च समेत गरी महँगो थियो । तर किसानकै खेतबारीमा तरकारी तयार हुँदासम्म स्थानीय बजारमा त्यही तरकारी सस्तो मूल्यमा बेच्नुपरेको किसानको भनाइ छ ।
धेरै मलखाद, किटनाशक हालेको आयातित तरकारीभन्दा स्थानीय किसानकै खेतबारीको गोभी, साग सस्तोमा पाउनेगरेको राजविराज – ८ का उपभोक्ता राजनारायण साहले बताउनुभयो ।
एकातिर तरकारी सस्तिँदा पाउ र किलोमा किन्ने काउली, मूला गाँजर अचेल ५० रुपियाँमा पाँच सात किलोको झोला भर्नेगरी तरकारी घर लान पाएको उपभोक्ताहरूको भनाइ छ ।
सप्तरी सदरमुकाम राजविराजमा वर्षैभर खपत हुने परिमाणको आधा बढी तरकारी छिमेकी मुलुक भारत र अर्को जिल्ला सुनसरी, सिराहा लगायताको ठाउँबाट आयत हुँदैआएको छ ।
पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गर...
बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...
पोखरा: पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना...

